नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस
barnanmedia.com · Tue Jul 28 06:20:30 GMT 2026

नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा पन्छाउन सकस भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित मुग्लिन नजिक आज विहान पहिरो खस्दा सो क्षेत्रमा आवागमन प्रभावित समेत बन्न पुगेको छ ।
डिभिजन सडक कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार अनुमान नगरिएको ठाउँमा एकाएक सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो खसिरहेकाले काममा समस्या भएको छ । केहीबेरअघि केही पन्छाएर आकस्मिक सवारी पार गराएको र दुईतर्फी सडक सञ्चालन गर्न थप केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।
Read full story at source (barnanmedia.com)