राष्ट्रिय शोकको वेला कसैले पनि राजनिति गर्नु हुँदैन् : अध्यक्ष ओली
annapurnapost.com · Sun Aug 30 09:40:09 GMT 2026

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय शोकको वेला कसैले पनि राजनीती गर्न नहुने बताएका छन्। भोटेकोशीमा आएको बाढीपछिको अवस्थाका बारेमा छलफल गर्न आईतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले बाढी प्रभावितको पीडालाई समाधान गर्ने सबैको साझा दायीत्व भएको बताएका हुन्।
देश अहिले चरम विपत्तिमा रहेकोले यो समय कसैको आलोचना र टिकाटिप्पणी गर्ने नरहेको उनले बताए। प्रभावितको उद्धार र राहतका लागि सबैले उदारतापुर्वक ढंगले हात अगाडि बढाएउनु पर्ने ओलीको भनाई छ। सरकारको दायीत्व अरुको भन्दा बढी हुने उल्लेख गर्दै उनले सरकारले उद्धार, राहत र पुनर्निमाणमा जोड दिनुपर्ने बताए।
Read full story at source (annapurnapost.com)