नारायणी अञ्चल अस्पतालको घट्नालाई लिएर देशभर ओपीडी सेवा बन्द गर्दा लाखौं बिरामीलाई सास्ती
corporatenepal.com · Tue Jul 28 06:49:15 GMT 2026

काठमाडौं । चिकित्सकहरुले मंगलबार अस्पतालहरुमा ओपीडी सेवा बन्द गर्दा लाखौं बिरामीले सास्ती भोग्नुका साथै उपचारबाट बन्चित भएका छन् । स्वास्थ्य जाँचका लागि अस्पताल पुगेका बिरामी र तिनका आफन्त ओपीडी टिकट नपाएर अलपत्र परेका थिए ।
नारायणी अञ्चल अस्पतालमा वीरगञ्जमा डा. प्रमोद राममाथि कुटपिट भएको घटनाको विरोधमा अस्पतालहरुमा ओपीडी सेवा बन्द गरिएको हो । त्यसैले बीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल जस्ता ठूला सरकारी अस्पतालहरुमा आज ओपीडीमा बिरामी जाँच भएको छैन ।
Read full story at source (corporatenepal.com)