नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ कमर्शद्वारा सम्मानित
ajakoartha.com · Tue Jul 28 07:00:00 GMT 2026

काठमाडौं- नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) लाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले चार वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ।
उत्कृष्ट कार्यसम्पादनका लागि बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’ र ‘बेस्ट पर्फर्मेन्स अन असेट क्वालिटी’ अवार्ड जितेको छ। यसका साथै बैंक ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा पनि पुरस्कृत भएको छ।