मौन अवधिमा उम्मेदवारी खारेज गर्ने शैली र निर्वाचनको विश्वसनीयतामाथि सांसद ढुङ्गानाको प्रश्न
ratopati.com · Tue Jul 28 07:10:01 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले निर्वाचन आयोगले अन्तिम समयमा उम्मेदवारी खारेज गर्ने प्रवृत्तिका कारण जनताको मताधिकार र लोकतान्त्रिक प्रणालीमाथि नै प्रश्न उठेको बताएका छन् । प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइका क्रममा बोल्दै सांसद ढुङ्गानाले निर्वाचनको विश्वसनीयता र आयोगको कार्यशैलीमाथि गम्भीर प्रश्नहरू राखेका हुन् ।
सांसद ढुङ्गानाले गत निर्वाचनको एउटा विवादास्पद पाटो औँल्याउँदै भने, ‘गत निर्वाचनमा निर्वाचन आयोगले मतदानको ठिक अघि अर्थात् ‘मौन अवधि’ मा कतिपय उम्मेदवारको उम्मेदवारी खारेज गरिदियो। तर, रोचक र सोचनीय कुरा के देखियो भने, नेपाली जनताले उम्मेदवारी खारेज गरिएका तिनै व्यक्तिहरूलाई सबैभन्दा धेरै मत दिए। यसको अर्थ आयोगको निर्णय र जनअपेक्षाबिच ठुलो खाडल देखियो।’
Read full story at source (ratopati.com)