नागरिक लगानी कोष र राइनास नगरपालिकाबीच सम्झौता
arthasansar.com

नागरिक लगानी कोष र लमजुङको राइनास नगरपालिकाबीच 'नागरिक पेन्सन योजना' सञ्चालन गर्ने सहमति भएको छ। सोसम्बन्धी समझदारी पत्रमा सोमबार कोषका निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार नगरपालिकाले आफ्ना करार कर्मचारीलाई नागरिक पेन्सन योजनामा आबद्ध गराउनेछ । यसको लागि पालिकाको तर्फबाट दुई हजार पाँच सय रुपैयाँ र कर्मचारीको तर्फबाट पनि सोही बराबरको रकम गरी प्रति कर्मचारी मासिक पाँच हजार रुपैयाँ कोषमा जम्मा हुनेछ । सम्झौता अनुसार सहभागी कर्मचारीले कोषको नियमानुसार एकमुष्ठ वा ६० वर्ष उमेर पूरा भएपछि पेन्सन सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । पेन्सन लिन सुरु गरिसकेपछि सहभागीको मृत्यु वा बेपत्ता भएको अवस्थामा नियमानुसार पति वा पत्नीले सुविधा पाउने तथा दुवैको मृत्यु भएमा खातामा बाँकी रहेको रकम कानुनी हकवालालाई उपलब्ध गराइने उल्लेख छ ।
Read full story at source (arthasansar.com)