सुनसरीबाट विराटनगर र राजमार्ग सर्यो विरोध प्रदर्शन
shilapatra.com · Tue Jul 28 07:17:24 GMT 2026

सुनसरीमा भएको तनाव साम्य हुँदै गर्दा सोही घटनालाई लिएर पूर्व पश्चिम राजमार्गतिर विरोध प्रदर्शन सरेको छ । सुनसरीको देवानगञ्जमा दुई समूहबीचको झडपमा परी एक जनाको मृत्यु र अर्का एक जना गम्भीर घाइते तथा ९ जना घाइते भएपछि स्थिति तनावग्रस्त भएको थियो ।
सो क्षेत्रमा कर्फ्यु लगाउँदै सेनासमेत सडकमा उतारिएको थियो । तर सो तनावपछि देवानगञ्ज साम्य हुँदै गए पनि त्यही घटनाको विरोधमा पूर्व पश्चिम राजमार्गमा प्रदर्शन भएको छ । घटनाको असरस्वरुप मोरङको विराटनगर, सुनसरीको इनरुवा, कोशी व्यारेज खण्डदेखि सिराहाका सडकमा समेत विरोध प्रदर्शन भएको हो ।
Read full story at source (shilapatra.com)