उद्योग वाणिज्य महासंघद्वारा अर्थमन्त्री वाग्लेसँग बजेटबारे ‘नीति संवाद’ कार्यक्रम आयोजना हुँदै
ajakoartha.com · Sun Jun 07 10:31:00 GMT 2026

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले संघीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा ‘नीति संवाद’ कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका व्यवस्था तथा निजी क्षेत्रका सरोकारका विषयमा छलफल गर्न उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो।
लाजिम्पाटस्थित र्याडिसन होटेलमा भोलि आयोजना हुने कार्यक्रममा महासंघका सम्पूर्ण सदस्य संघसंस्थाहरूलाई सहभागिताका लागि आह्वान गरिएको महासंघका निर्देशक केदारराज क्षेत्रीले जानकारी दिएका छन्।
Read full story at source (ajakoartha.com)