एकै वर्षमा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र, बने छ पक्की पुल
himalpress.com · Tue Jul 28 07:37:35 GMT 2026

काठमाडौँ- सडक डिभिजन कार्यालय जनकपुरधामले आर्थिक वर्ष २०८२/८३ मा धनुषा र महोत्तरीमा ४० किलोमिटर कालोपत्र सडक र छ वटा पुल निर्माण गरेको छ ।सडक डिभिजन कार्यालय जनकपुरधामका प्रमुख इन्जिनियर दारोगा प्रसादका अनुसार आव २०८२/८३ मा धनुषामा ३० किमी र महोत्तरीमा १० किमी कालोपत्रे सडक निर्माण गरिएको छ ।
त्यस आवमा धनुषामा पाँच र महोत्तरीमा एउटा पुल निर्माण सम्पन्न गरिएको छ । धनुषाको जमुनी नदी, परशुराम तलाउ नजिक अमारी खोला, दूधमती खोला, बलुवा खोला र भुतहा खोलामा पुल निर्माण गरिएको प्रमुख प्रसादले जानकारी दिए । महोत्तरीको अंकुश खोलामा पनि सो आवमा पुल निर्माण गरिएको छ ।
Read full story at source (himalpress.com)