इरानसँग वार्ताबाट शान्ति सम्भव : ट्रम्प, तेस्रो दिन पनि युद्धविराम कायम
aarthiknews.com

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँग शान्ति सम्झौताको राम्रो सम्भावना रहेको बताएका छन् । अमेरिका र इरानबीच लगातार तेस्रो दिन पनि युद्धविराम कायम रहेका बेला उनले कूटनीतिक वार्तामार्फत द्वन्द्व अन्त्य हुन सक्ने आशा व्यक्त गरेका हुन् ।
इरानमा अमेरिकी आक्रमण भएको १३ दिनपछि र हर्मुज जलडमरूमध्यको तनावपछि गत शुक्रबारदेखि युद्धविराम लागू भएको थियो । एयर फोर्स वनमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले आफूसँग पर्याप्त धैर्य रहेको र आगामी घटनाक्रम सकारात्मक दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले कूटनीतिक प्रयास असफल भए अमेरिका आवश्यक परे पुनः सैन्य विकल्प अपनाउन सक्ने चेतावनी पनि दिए ।
Read full story at source (aarthiknews.com)