एकैदिन ४२ विपद्का घटना
barnanmedia.com · Tue Jul 28 07:50:29 GMT 2026

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु र विपद्जन्य ४२ घटना भएको जानकारी दिएको छ ।
प्राधिकरणका अनुसार पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । त्यसअवधिमा सर्पदंशका १२, पहिरोका १२, आगलागीका सात, भारी वर्षाका छ, जनावर आक्रमणका तीन, बाढीको एक र भूकम्पको एक घटना भएका छन् । ती घटनाबाट ३४ जिल्ला प्रभावित भएका छन् ।
Read full story at source (barnanmedia.com)