सुकुमवासी बस्तीमा लालपुर्जा विवाद, सांसद–मेयरबीच सार्वजनिक जुहारी
barnanmedia.com · Tue Jul 28 07:55:53 GMT 2026

पोखरा । पोखरा बसपार्कस्थित सुकुमवासी बस्तीमा प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले केही महिनाभित्र लालपुर्जा उपलब्ध गराउने र उचित व्यवस्थापनबिना डोजर चल्न नदिने अभिव्यक्ति दिएपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यले त्यसको सार्वजनिक प्रतिवाद गरेका छन्।
मेयर आचार्यले सामाजिक सञ्जालमार्फत सांसद पौडेललाई स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्न सुझाव दिँदै लालपुर्जा वितरण कानुनी प्रक्रियाअनुसार मात्र सम्भव हुने बताएका छन्। उनले पोखरा महानगरले २० हजारभन्दा बढी सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई निस्सा वितरण गरिसकेको र व्यवस्थापन प्रक्रिया कानुनबमोजिम अघि बढिरहेको उल्लेख गरेका छन्।
Read full story at source (barnanmedia.com)