सुर्खेतको लेकबेशीमा मुस्ताङ जिप दुर्घटना
ajakoartha.com · Tue Jul 28 08:11:00 GMT 2026

काठमाडौ - सुर्खेतको लेकबेशी नगरपालिका ५ र ६ को सिमाना हलकन्डरा क्षेत्रमा मंगलबार बिहान यात्रुबाहक मुस्ताङ जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन्।
दुर्घटनामा घाइते ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दाङागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे.१ ख ५४० नम्बरको मुस्ताङ जिप उकालो सडकमा आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा चालक लेकबेशी–४ निवासी २३ वर्षीय दिपेश पुनको खुट्टामा सामान्य चोट लागेको छ।
Read full story at source (ajakoartha.com)