मोरङमा डिजेको प्रयोगमा प्रतिबन्ध
nepalviews.com · Tue Jul 28 08:12:40 GMT 2026

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवन कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम, पुराण तथा अन्य कुनै पनि कार्यक्रममा डिजेको प्रयोग गर्न वा गराउन निषेध गरिएको हो ।
Read full story at source (nepalviews.com)