आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक
ratopati.com · Tue Jul 28 08:27:14 GMT 2026

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का महासचिव इन्द्रमणि पाण्डेले परराष्ट्रमन्त्री शिशिर खनाल र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
मंगलबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्यबारे चर्चा हुनुका साथै क्षेत्रीय सहकार्य, शान्ति, समृद्धि तथा दिगो विकासको विषयमा कुराकानी भएको बताइएको छ । सो क्रममा पाण्डेले बिमस्टेकले गरेको गतिविधि तथा उपलब्धिको बारेमा समेत जानकारी गराए ।
Read full story at source (ratopati.com)