देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न, अझै १४.२८ प्रतिशत खेत बाँझै
arthadabali.com · Tue Jul 28 08:31:05 GMT 2026

काठमाडौँ / साउन दोस्रो सातासम्म आइपुग्दा देशभर ८५.७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ भने अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको कृषि विभागको तथ्याङ्कले देखाएको छ।
कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका अनुसार देशभर धानखेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ११ लाख ७४ हजार ३ सय ९२ हेक्टर (८५.७२ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको छ। अझै १ लाख ९५ हजार ६ सय ६९ हेक्टर क्षेत्रफलमा धान रोप्न बाँकी छ।
Read full story at source (arthadabali.com)