बाढीपीडितलाई गायक सुशान्त केसीको १० लाख सहयोग
ratopati.com · Sun Aug 30 09:54:14 GMT 2026

काठमाडौँ । गायक सुशान्त केसीले बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेका छन् । उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आइतबार उक्त रकम जम्मा गरेका हुन् ।
प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेको जानकारी दिँदै केसीले फेसबुकमा लेखेका छन्,‘हाम्रा आदरणीय दर्शकहरू लगायत यस यात्रामा हामीलाई साथ दिनुहुने सम्पूर्ण महानुभावहरूको तर्फबाट मैले सहयोग प्रदान गरेको छु ।’
Read full story at source (ratopati.com)