यातायातको सिण्डिकेट : गोरखा बजारभित्रै कुटिए व्यवसायी
annapurnapost.com · Sun Aug 30 09:50:07 GMT 2026

गोरखा : गोरखकाली यातायात प्रालिका अध्यक्ष ताराबहादुर खड्का (जीवन) जिल्ला सदरमुकाममै कुटिएका छन् । विभिन्न तीन कम्पनीका यातायात व्यवसायीहरूले आइतबार दिउँसो दुईबजेतिर हरमटारीमा आफूमाथि कुटपिट गरेको पीडित खड्काले जानकारी दिए ।
‘म निवासतिर जाँदै थिएँ । मोटरसाइकलमा फलो गर्दै आएर ३०–४० जनाको समूहले ममाथि आक्रमण गरे’,खड्काले भने,‘हेर्दा उनीहरू गोरखा मनकामना यातायात प्रालि,गोरखा दरौंदी यातायात प्रालि र पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका व्यवसायी र मजदुर थिए ।’ अटो र म्याजिक भ्यान नचलाउन चेतावनी दिँदै बजारबासीकै सामु कुटपिट र लछारपछार गरेको उनको भनाइ छ । ‘कसैको मुखबाट तैले किन अटो र म्याजिक भ्यान चलाउन खोजेको भन्ने सुनेँ । कसैले किन तैले हामीमाथि मुद्दा दिएको भन्ने सुनेँ । मोटरसाइकलमा हिँडिरहेका बेला ममाथि अपशब्द प्रयोग गर्दै कसैले हेलमेटले हाने कसैले लडाएर घिसारे’,उनले भने,‘अहिले म जिल्ला प्रहरी कार्यालयमा शरण लिन आइपुगेको छु ।’
Read full story at source (annapurnapost.com)