सुनसरीको कोशी कटान क्षेत्रमा आगजनी, स्थिति तनावग्रस्त
saralpatrika.com · Tue Jul 28 08:39:54 GMT 2026
विराटनगर। सुनसरीको देवानगन्ज गाउँपालिका-३ मा भएको गोलीकाण्डको विरोधमा मंगलबार कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा तनाव उत्पन्न भएको छ।
प्रदर्शनका नाममा आएको अराजक समूहले कोशी कटान बजारका व्यावसायिक पसलहरूमा तोडफोड र आगजनी गरेको छ। समूहले सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठ लगायत स्थानीय व्यवसायीहरूका पसलहरूलाई लक्षित गरी क्षति पुर्याएको स्थानीय पत्रकार धर्मेन्द्र मेहताले बताए। आगजनी र तोडफोडबाट पसलभित्र रहेका सामान तथा भौतिक संरचना क्षति भएको छ।
Read full story at source (saralpatrika.com)