केन्द्रीय सुरक्षा समिति बैठक- गृहमन्त्री कुरै नसुन्ने मुडमा देखिएपछि के के भयो ?
nepalpress.com · Tue Jul 28 09:10:06 GMT 2026

काठमाडौं । सुनसरीको कप्तानगञ्जमा आइतबार हिन्दू-मुस्लिम झडपपछि सोमबार रातिसम्म सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो । उक्त बैठकको अध्यक्षता गरेका गृहमन्त्री सुधन गुरुङलाई सुरक्षा प्रमुखहरूले घटनाको जड र समाधानको विषयमा ब्रिफिङ गर्दै थिए । तर, मन्त्री गुरुङ न उनीहरूका कुरा सुन्न त्यति उत्सुक देखिए, न त समाधानको विषयमा दिइएका सुझाव मान्न नै तयार भए ।
बैठकमा सहभागी स्रोतका अनुसार मन्त्री गुरुङ प्रहरी र सशस्त्रसँग आक्रामक थिए । उनले लगातार सशस्त्र र प्रहरीले लापरबाही गरेको भन्दै अरु ब्रिफिङमा त्यति ध्यान दिएनन् । प्रहरीका आईजी दानबहादुर कार्कीले केही दिनअघि संसदीय समितिको बैठकमा रोहिंग्या शरणार्थीको जबरजस्त प्रवेशले सुरक्षा चुनौती थपिरहेको भनेका थिए ।
Read full story at source (nepalpress.com)