भान्जी–ज्वाइँको तस्बिर बोकेर अस्पतालको शव पहिचान कक्ष चहार्दै
ratopati.com · Sun Aug 30 09:59:37 GMT 2026

बुटवल । रसुवामा आएको बाढीपछि सयौँ मानिस बेपत्ता छन् । आफन्तहरू उनीहरूको अवस्था थाहा पाउने आशामा दिनरात भौँतारिइरहेका छन् । कतै उद्धार भएर बसेका होलान् कि, कतै अस्पतालमा भेटिएलान् कि भन्ने आशाले उनीहरूलाई चैन छैन । यस्तै पीडामा छन्, रुपन्देहीको सियारी–३ वेतहीका हुमनाथ न्यौपाने ।
न्यौपाने भान्जी–ज्वाइँ प्रकाश देवकोटाको तस्बिर बोकेर आइतबार पनि लुम्बिनी प्रादेशिक अस्पताल पुगे । अघिल्लो दिन पनि उनी अस्पताल आएका थिए । आइतबार फेरि श्रीमतीसहित अस्पतालको शव पहिचान कक्षमा पुगेका थिए ।
Read full story at source (ratopati.com)