रसुवा बाढी : नेपोभिट टायल्सका संचालक झाले दिए ११ लाख
annapurnapost.com · Sun Aug 30 09:58:16 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–८ स्थित नेपोभिट टायल्सका सञ्चालक एवम् उद्योगी शम्भुनाथ झाले आफ्नो जन्मदिनको अवसरमा रसुवा बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ११ लाख रुपैयाँ सहयोग गरेका छन्। झाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा उक्त रकम सहयोग गरेका हुन्।
प्राकृतिक विपत्तिको समयमा बाढीपीडितको सहायताका लागि उक्त रकम सहयोग गरिएको उनकी पत्नी विभा झाले जानकारी दिइन्। बाढीको विभीषिकाले थुप्रै परिवार विस्थापित भएको र राष्ट्र नै शोकमा परेका बेला व्यक्तिगत उल्लास छाडेर प्रभावितको पुनर्स्थापनाका लागि सहयोग गरिएको उनको भनाइ छ।
Read full story at source (annapurnapost.com)