एमबीएसको प्रश्नपत्र आउट गरेको आरोपमा थप दुईजना पक्राउ
nepalnews.com · Tue Jul 28 09:24:33 GMT 2026

काठमाडौं । प्रहरीले एमबीएसको प्रश्नपत्र लिक प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुलकुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१ वर्षीय अब्दुल सानी हाकिमलाई पक्राउ गरेको हो।
यसअघि प्रश्नपत्र लिक प्रकरणमा दुई जना पक्राउ परेका थिए। योसँगै पक्राउ पर्ने व्यक्तिको संख्या चार पुगेको छ ।
Read full story at source (nepalnews.com)