निजी क्षेत्र बलियो नभएसम्म दिगो आर्थिक विकास सम्भव छैन : राजेशकाजी श्रेष्ठ
ajakoartha.com · Sun Jun 07 10:48:00 GMT 2026

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्व बजारसँग जोडिन निजी क्षेत्रको भूमिका अझ सशक्त हुनुपर्ने बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सको आयोजनामा ‘नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वय: अवस्था, अवसर, चुनौती र भावी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रम तथा प्रमाणपत्र वितरण समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन् ।
उनले आर्थिक, धार्मिक एवं सांस्कृतिक महत्वका दृष्टिले जनकपुर एवं बर्दिवास क्षेत्र देशको महत्वपूर्ण क्षेत्र मध्येको एक रहेको उल्लेख गर्दै चारै दिशाबाट सडक संजालमार्फत जोडिएकाले यस क्षेत्र केवल भौगोलिक रूपमा मात्र नभई विकासका दृष्टिले पनि संभावनायुक्त रहेको उल्लेख गरे । उनले जानकी मन्दिरको धार्मिक महत्व बारे प्रकाश पार्दै ठूलो संख्यामा आन्तरिक तथा बाह्य यात्रुहरूको आगमन हुने गरेकोे बताए । यसले स्थानीय अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा चलायमान बनाइरहेको उनको भनाइ छ । यसैगरी, उनले यी क्षेत्रहरूको आर्थिक आधार मुख्य रूपमा व्यापार, उद्योग र कृषिमा आधारित रहेको उल्लेख गरे । यी तीन क्षेत्रले स्थानीय रोजगारी र समग्र आर्थिक गतिविधिलाई बलियो आधार प्रदान गरिरहेको उनले जनाए ।
Read full story at source (ajakoartha.com)