२७ सयमुनि झर्यो सेयर बजार, घट्यो कारोबार
onlinekhabar.com · Tue Jul 28 09:32:15 GMT 2026

१२ साउन, काठमाडौं । अघिल्लो कारोबार दिन ३३.२८ अंक घटेको सेयर बजार मंगलबार ४.६४ अंक घटेको छ । यो कमीसँगै बजारको परिसूचक नेप्से २६९६ अंकमा झरेको छ, अघिल्लो दिन २७०१ अंकमा थियो ।
दिनभर बजार उतारचढावमै रह्यो । १२ : १० बजे कारोबार अवधिभरको न्यूनतम अंक २६८१ मा बजार झरेको थियो । कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ७ करोडको कारोबार भएकोमा आज ४ अर्ब ४२ करोडको भयो ।
Read full story at source (onlinekhabar.com)