स्वास्थ्यकर्मीको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह
swasthyakhabar.com · Tue Jul 28 09:35:27 GMT 2026

काठमाडौं — नेपाली कांग्रेसका सभापति तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका पेशागत सुरक्षासम्बन्धी माग तत्काल सम्बोधन गर्दै स्वास्थ्य सेवा प्रवाह सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्।
थापाले साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनालाई अत्यन्तै दुःखद र निन्दनीय भएको बताएका छन्। नागरिकको जीवन रक्षामा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी आफ्नै कार्यस्थलमा असुरक्षित हुनु तथा उपचार गर्ने क्रममा वा उपचार गरेकै आधारमा दुर्व्यवहार र भौतिक आक्रमणमा पर्नु कुनै पनि सभ्य समाजमा स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।
Read full story at source (swasthyakhabar.com)