सुनसरीमा अनिश्चितकालीन कर्फ्यू
nepalnews.com · Tue Jul 28 09:57:23 GMT 2026

सुनसरी। जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील मानिएका क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा हस्ताक्षरित सूचना अनुसार आज दिउँसो ३:३० बजेदेखि लागू हुने गरी अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू लगाइएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लाभित्र पर्ने महेन्द्र राजमार्गका तोकिएका चार किल्ला तथा इनरुवा बजार क्षेत्रको सिमानाभित्र कर्फ्यू आदेश जारी गरिएको प्रशासनले जनाएको छ।
Read full story at source (nepalnews.com)