मोरङमा अर्को सुचना जारी नभएसम्म ‘डिजे’ बजाउन प्रतिबन्ध
rajdhanidaily.com · Tue Jul 28 10:22:11 GMT 2026

विराटनगर, । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर ‘डिजे’ बजाउन निषेध गरेको छ । मोरङ प्रशासनले सोमबार एक सूचना जारी गर्दै अर्को सुचना जारी भएसम्मका लागि डीजे अर्थात चर्को स्वरमा बजाउन रोक लगाएको हो ।
छिमेकी जिल्ला सुनसरीमा गत आइतवार राती भएको झडपमा १ जनाको ज्यान गए पछि तनाबग्रस्त बनिरहेको बेला मोरङले जिल्ला भित्र कुनै पनि प्रकारको डिजे बजाउन प्रतिबन्ध लगाएको हो।
Read full story at source (rajdhanidaily.com)