प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्न विपक्षी दलहरुले गराए सभामुख अर्यालको ध्यानाकर्षण
annapurnapost.com · Tue Jul 28 10:16:51 GMT 2026

काठमाडौं : संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुले नियमित रुपमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएका छन् । मंगलबार सिंहदरबारमा आगामी प्रतिनिधिसभा बैठकको तयारीका बिषयमा सभामुख अर्यालले दलका प्रमुख सचेतक र सचेतकसँग गरेको छलफलका क्रममा बिपक्षी दलका प्रमुख सचेतकहरुले सरकारसंग सांसदहरुको धेरै प्रश्न रहेकाले नियमित रुपमा प्रश्नोत्तर कार्यक्रम राख्न ध्यानाकर्षण गराएका हुन् ।
छलफलपछि कांग्रेस प्रमुख सचेतक वासना थापाले प्रतिनिधिसभा बैठकको क्यालेन्डर बनाउने र संसदीय प्रक्रियालाई मर्यादित बनाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए । उनले सीमा विवादको सम्बन्धमा प्रधानमन्त्रीबाट स्पष्ट जवाफ नआएसम्म विरोध कायमै रहने समेत जानकारी गराएका थिए । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम आफूहरुले सुझाव दिएको भन्दै उनले सत्ता पक्षका प्रमुख सचेतकले प्रधानमन्त्रीसँग छलफल गराउने प्रतिबद्धता सभामुखमार्फत व्यक्त गरेको बताए ।
Read full story at source (annapurnapost.com)