एनआईसी एशिया बैंकद्वारा नेपालपे कार्डमार्फत हुने भुक्तानी प्राप्ति सेवा सुरु
aarthiknews.com

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप विस्तार र सुदृढ बनाउँदै नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को नेपालपे कार्डबाट हुने भुक्तानी प्राप्ति सेवा सुरु गरेको छ ।
यससँगै अब बैंकका ग्राहकहरूले नेपालपे कार्डमार्फत हुने भुक्तानी रकम सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् । साथै, डिस्कभर नेटवर्कअन्तर्गत रुपे कार्डसहित अन्य अन्तर्राष्ट्रिय कार्डहरू पनि अब बैंकका एटीएम तथा पीओएस टर्मिनलमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ ।
Read full story at source (aarthiknews.com)