कांग्रेस आधिकारिकता विवाद : देउवापछि पूर्णबहादुरले पनि दिए सर्वोच्चमा पुनरावलोकन निवेदन
shilapatra.com · Tue Jul 28 10:36:00 GMT 2026

कांग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित मुद्दामा असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा दोस्रो पुनरावलोकन निवेदन दर्ता गराएको छ । कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
यसअघि पूर्वसभापति शेरबहादुर देउवाले पुनरावलोकन निवेदन दर्ता गराएका थिए । 'देउवाका तर्फबाट पुनरावलोकन निवेदन दर्ता भएको थियो । आज पूर्णबहादुर खड्काका तर्फबाट पनि वारेसमार्फत निवेदन दर्ता भएको छ', कोइरालाले भने ।
Read full story at source (shilapatra.com)