कृष्णभीर सडक भासियो!
barnanmedia.com · Sun Aug 30 10:01:01 GMT 2026

पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका लागि सडक विभागले विज्ञ टोली पठाएको छ । सडक चिरिएर भासिएपछि कसरी मर्मत गर्ने बारेमा अध्ययन गर्न विभागले टोली पठाएको हो ।
नौबिसे मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मुग्लिन–मलेखुका रेजिडेन्ट इन्जिनिय प्रभुराज पाण्डेका अनुसार सडक सहजै मर्मत गर्न मिल्ने अवस्था छैन । विसं २०५६ मा पहिरो झरेको ठाउँमा सडक भासिएर चर्किएको हो । त्रिशूली नदीमा आएको बाढीले तलबाट कटान हुँदा सडक भासिएको उहाँले बताउनुभयो ।
Read full story at source (barnanmedia.com)