सवारी साधनको नयाँ प्रदूषण मापदण्ड स्वीकृत
ratopati.com · Tue Jul 28 11:05:08 GMT 2026

काठमाडौँ । सरकारले सडकमा सञ्चालनमा रहेका सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न नयाँ प्रदूषण मापदण्ड स्वीकृत गरेको छ । कृषि वन तथा पर्यावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी ‘प्रयोगमा रहेका सवारी साधनबाट उत्सर्जन हुने प्रदूषणको सीमा सम्बन्धी मापदण्ड, २०८३’ लागू गर्ने निर्णय गरेको हो ।
नेपाल राजपत्रमा सूचना प्रकाशित भएको ९१ औँ दिनदेखि पूर्ण रूपमा लागू हुने यो मापदण्डले पुराना र नयाँ सवारी साधनका लागि छुट्टाछुट्टै उत्सर्जन सीमा तोकेको छ ।
Read full story at source (ratopati.com)