सभापति थापाले अस्पतालको सेवा नरोक्न र संवादबाटै समाधान खोज्न अपिल
barnanmedia.com · Tue Jul 28 10:53:42 GMT 2026

नेपाली कांग्रेस सभापति गगन थापाले अस्पतालको सेवा नरोक्न र संवादबाटै समाधान खोज्न अपिल गरेका छन्।
सभापति थापाले मंगलबार सामाजिक सञ्जालबाट आफ्नो धारणा राख्दै स्वास्थ्य सेवा बन्द गर्दा नागरिकले दुःख पाइरहेको उल्लेख गरेका छन्। ‘स्वास्थ्य सेवा अत्यावश्यक सेवा भएकोले यसको संवेदनशीलताको ख्याल राख्दै हजारौं नागरिक र बिरामीको अवस्थालाई ध्यान दिएर सेवा प्रवाह नरोक्न र वार्ता र संवादबाटै समाधान खोज्न आन्दोलनरत नेपाल चिकित्सक संघ लगायत सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई अपिल गर्दछु,’ थापाले भनेका छन्।
Read full story at source (barnanmedia.com)