जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : ५० बढी घाइते, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह
nagariknews.nagariknetwork.com · Tue Jul 28 11:00:25 GMT 2026

जापानको दक्षिणी कुमामोटो प्रान्तमा मंगलबार दिउँसो गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण व्यापक क्षति पुगेको छ।
यस भूकम्पबाट हजारौं घरहरूमा बिजुली आपूर्ति अवरुद्ध भएको छ, सडक तथा पुलहरू भत्किएका छन् भने कम्तीमा ५० जनाभन्दा बढी घाइते भएका छन्। टोकियोस्थित आफ्नो कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै जापानी प्रधानमन्त्री साने ताकाइचीले भूकम्पबाट भएको हताहत र क्षतिको पूर्ण आकलन अझै भइरहेको बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)