अमेरिकी शुल्कविरुद्ध ब्राजिल डब्लुटीओमा
onlinekhabar.com · Tue Jul 28 11:31:47 GMT 2026

१२ साउन, साओ पाउलो (रासस/एएफपी) ।संयुक्त राज्य अमेरिकाले ब्राजिलका विभिन्न उत्पादनमा लगाएको अतिरिक्त आयात शुल्कविरुद्ध ब्राजिलले विश्व व्यापार सङ्गठन (डब्लुटिओ) मा औपचारिक परामर्शको माग दर्ता गरेको छ । ब्राजिलले अमेरिकी कदम अन्तर्राष्ट्रिय व्यापार नियमविपरीत र अन्यायपूर्ण रहेको दाबी गरेको छ ।
ब्राजिलको विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार जुलाई २७ मा डब्लुटिओको विवाद समाधान संयन्त्रअन्तर्गत अमेरिकासँग परामर्शका लागि औपचारिक अनुरोध पेश गरिएको हो । मन्त्रालयले अमेरिकी शुल्क अन्तर्राष्ट्रिय व्यापार नियमसँग मेल नखाने र असङ्गत रहेको जनाएको छ ।
Read full story at source (onlinekhabar.com)