भारतीय क्रिकेट टोलीका सहायक प्रशिक्षक टेन डोशाटेले दिए राजीनामा
onlinekhabar.com · Tue Jul 28 11:37:51 GMT 2026
१२ साउन, काठमाडौं । भारतीय पुरुष राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक रायन टेन डोशाटेले पदबाट राजीनामा दिएका छन् । इंग्ल्यान्डविरुद्धको टी–२०आई र एकदिवसीय शृङ्खला सकिएसँगै उनले जिम्मेवारी छाडेका हुन् ।
क्रिकइन्फोका अनुसार टेन डोशाटेले इंग्ल्यान्ड भ्रमणकै क्रममा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए । इंग्ल्यान्ड भ्रमणमा भारतले टी–२० र एकदिवसीय दुवै शृङ्खला गुमाएको थियो ।
Read full story at source (onlinekhabar.com)