देउवाले यसरी सम्झिए गोपालमान श्रेष्ठलाई
makalukhabar.com · Tue Jul 28 11:40:23 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एव्र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले श्रेष्ठलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निभाएका व्यक्तिका रुपमा सम्झिएका छन् ।
‘नेपाली कांग्रेसका नेता, पूर्वउपप्रधानमन्त्री एवं मेरा मित्र गोपालमान श्रेष्ठजीको निधनको खबरले स्तब्ध भएको छु,’ उनले भनेका छन्, ‘उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु।’
Read full story at source (makalukhabar.com)