अर्बौं आम्दानी गरिरहेका हस्पिटललाई गैरनाफामूलक बनाउने डा. केसी र सरकारको सहमति, आइपीओको भविष्य अन्योलमा
aarthiknews.com

काठमाडौं । नेपालका प्रमुख निजी अस्पताल तथा मेडिकल कलेजहरुको आम्दानी पछिल्ला केही वर्षयता उल्लेखनीय रुपमा बढिरहेको छ । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, काठमाडौं मेडिकल कलेज (केएमसी), किस्ट मेडिकल कलेज, नेपाल मनिपाल एजुकेसन, नर्भिक इन्टरनेशनल हस्पिटललगायत संस्थाहरुले बिरामी संख्या, स्वास्थ्य बीमा, विदेशी विद्यार्थी र एमबीबीएस सिट विस्तारको लाभ उठाउँदै आम्दानीमा उल्लेखनीय वृद्धि गरेका छन्।
तर, आम्दानी र विस्तारको यो यात्राबीच डा. गोविन्द केसी र सरकारबीच भएको पछिल्लो सहमतिले निजी मेडिकल कलेज तथा अस्पतालहरुको भविष्य, सिट विस्तार र आइपीओ योजनामाथि नयाँ प्रश्न खडा गरेको छ । साउन ११ गते भएको सहमतिअनुसार चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ तथा चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार सिट निर्धारण गर्नेछ ।
Read full story at source (aarthiknews.com)