विपद् संकटग्रस्त सूचीमा सूचीकरण गर्न सहिदलखन गाउँपालिकाको माग
annapurnapost.com · Sun Aug 30 10:06:50 GMT 2026

गोरखा : त्रिशुली बाढीबाट प्रभावित गोरखाको सहिदलखन गाउँपालिकाले आफूलाई पनि विपद् संकटग्रस्त स्थानीय तहको सूचीमा समेट्न माग गरेको छ। गत भदौ १० गते, बुधबारको त्रिशुलीको बाढीबाट कटानमा परेको, भौतिक तथा मानवीय क्षति ब्यहोरेको भन्दी सो पालिकाले आफ्नो पालिकालाई पनि विपद संकटग्रस्त स्थानीय तहभित्र समेट्न नेपाल सरकारसंग माग गरेको हो।
पालिकाले जिल्ला प्रशासन कार्यालय गोरखामार्फत गृहमन्त्रालयसमक्ष माग पत्र पेश गर्दै विपद् संकटग्रस्त स्थानीय तह हुनुका विभिन्न आधारहरु पेश गरेको छ। त्रिशुली नदीको बाढीले सो पालिकाको वडा नं. ४ को रागिनाशटारदेखि मुग्लिनसम्म करिब १० किलोमिटर क्षेत्रमा विभिन्न क्षति पु¥याएको पत्रमा उल्लेख छ । पालिका अध्यक्ष रमेश थापाद्वारा हस्ताक्षरित सो पत्रमा त्रिशुलीको बाढीका कारण वडा नं. ३ को सिलिङटारस्थित झोलुंगेपुल क्षतिग्रस्त बनाएको तर्क गरिएको छ।
Read full story at source (annapurnapost.com)