भारतमा अवार्ड विजेता ‘रिभर इन्डी’ नाइमा एक्स्पोमा सार्वजनिक हुने
baahrakhari.com · Tue Jul 28 12:05:05 GMT 2026

काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजारमा नयाँ प्रिमियम स्कुटर थपिने भएको छ । विशाल इन्टरप्राइजेजले आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पोमार्फत भारतको अवार्ड विजेता ‘रिभर इन्डी’ विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गर्ने भएको हो ।
कम्पनीका अनुसार, औपचारिक सार्वजनिक प्रदर्शनअघि नै रिभर इन्डी काठमाडौंका विभिन्न सडकमा परीक्षण भइरहेको छ । विशेषगरी ह्वाइट गुम्बा क्षेत्रका उकालो सडकमा गरिएको परीक्षणले विद्युतीय सवारीप्रेमीको ध्यान आकर्षित गरेको कम्पनीले जनाएको छ । नेपाली सडकको वास्तविक अवस्थाअनुसार स्कुटरको क्षमता परीक्षण गर्न यस्तो परीक्षण गरिएको बताइएको छ ।
Read full story at source (baahrakhari.com)