सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न जेन–जी अभियन्ताकाे माग
shilapatra.com · Tue Jul 28 12:16:00 GMT 2026

जेन–जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेन–जी अभियन्ता मिराज ढुंगाना, जगत विक, सौरभ भण्डारीले सरकारसँग ५ बुँदे माग राखेका हुन् ।
घटनाको निष्पक्ष न्यायिक छानबिन, दोषीलाई कानुनबमोजिम कारबाही, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय सुनिश्चितता, संवेदनशील क्षेत्रमा सुरक्षा संयन्त्रको समन्वय र सुदृढ पूर्वतयारी तथा स्थानीय तह, प्रशासन र समुदायबीच नियमित संवादको संयन्त्र स्थापना गर्न उनीहरूको माग छ ।
Read full story at source (shilapatra.com)