भोटेकोशी बाढी : एमालेद्वारा राहत र उद्धारसम्बन्धी प्रतिवेदन तयार (पूर्णपाठ)
ratopati.com · Sun Aug 30 10:17:32 GMT 2026

काठमाडौँ । नेकपा एमालेले भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीको स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार गरेको छ । महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरेर प्रतिवेदन तयार पारेको हो ।
उक्त प्रतिवेदन पोखरेलले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । भदौ १० गते बुधबार चीनको सिजाङ (तिब्बत) तर्फबाट आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेँशी, मैलुङ, बेत्रावती, त्रिशुली‚ढुङ्गे‚ देवीघाट लगायतका बस्तीमा ठुलो मानवीय तथा भौतिक क्षति भएको थियो । प्रतिवेदनमा क्षतिको प्रारम्भिक विवरण उल्लेख गर्दै पार्टीका तर्फबाट राहत तथा उद्धारमा तत्काल गर्नुपर्ने कामबारे उल्लेख छ ।
Read full story at source (ratopati.com)