विपद् राहत कोषमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको ३ करोड सहयोग
nagariknews.nagariknetwork.com · Sun Aug 30 10:17:04 GMT 2026

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेसीआई)ले हालै देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितको राहत, पुनर्स्थापना तथा पुनःउत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
देशभर आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले सञ्चालन गरिरहेको राहत, पुनर्स्थापना तथा पुनःउत्थानका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा हस्तान्तरण गरिएको जावलाखेल ग्रुपले जनाएको छ ।
Read full story at source (nagariknews.nagariknetwork.com)