सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह
arthadabali.com · Tue Jul 28 13:18:56 GMT 2026

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीसहित पूर्वी नेपालका जिल्लामा हालै भएको संवेदनशील घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले उक्त घटनाले सिर्जना गरेको तनावपूर्ण परिस्थितिप्रति दुःख व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र कानुनी प्रक्रियामार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
पार्टीका सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ । साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
Read full story at source (arthadabali.com)