दित्य ओभरसिजबाट ठगिएकालाई २४ लाख क्षतिपूर्ति
kendrabindu.com · Tue Jul 28 13:20:30 GMT 2026

काठमाडाैं । वैदेशिक रोजगार विभागले दित्य ओभरसिज प्रालीबाट ठगिएका ४८ जनालाई क्षतिपूर्ति दिलाउँदै प्रालीलाई ५० हजार रुपैयाँ जरिवाना समेत गरेको छ।
साउन १२ गते ४८ जना व्यक्तिहरूलाई ठगी गरेको र पहिलो पटकको निर्देशन पालना नगरेकोमा ओभरसिजलाई दोस्रो पटक जरिवाना गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५३ बमोजिम ४८ जना व्यक्तिबाट तोकिएकोभन्दा बढी शुल्क लिएको सम्बन्धमा चौबीस लाख र विभागको आदेश वा निर्देशन पालना नगरेको हकमा २०६४को दफा ५४ बमोजिम दोस्रो पटकलाई रु ५० हजार जरिवाना गरिएको छ।
Read full story at source (kendrabindu.com)