प्रधानमन्त्रीसँगको समन्वयमा कुनै समस्या छैन, बजारका हल्लामात्रै हुन् : अर्थमन्त्री वाग्ले
barnanmedia.com · Tue Jul 28 13:05:16 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन शाहसँग आर्थिक एजेन्डामा नजिकको समन्वय भइरहेको दाबी गर्दै बाहिर फैलाइएका अफवाहको पछि नलाग्न आग्रह गरेका छन् ।
केही समययता प्रधानमन्त्री शाहले निजी क्षेत्रसँग गरेको छलफलमा अर्थमन्त्री वाग्ले अनुपस्थित थिए । निजी क्षेत्रसँगको छलफलमा अर्थ मन्त्रालयको नेतृत्व गरिरहेका डा वाग्लेलाई प्रधानमन्त्रीले बेवास्ता गरेका समाचारहरू प्रकाशित भएपछि उनले मंगलबार अर्थ मन्त्रालयमा उद्यमीसँगको छलफलमा यस्तो स्पष्टीकरण दिएका हुन् ।
Read full story at source (barnanmedia.com)