सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
ratopati.com · Tue Jul 28 14:03:10 GMT 2026

काठमाडौँ । गायक रामकृष्ण ढकालले निर्माण गरेको फिल्म ‘मालती मंगले’को अस्ट्रेलियाको सिड्नीमा रेडकार्पेट प्रिमियर गरिएको छ । सिड्नीको पारमाटा रोडस्थित ग्रान्ड प्यालेस सेन्टरमा गायक ढकालको लाइभ सांगीतिक प्रस्तुतिसँगै फिल्मको रेडकार्पेट प्रिमियर शो आयोजना गरिएको हो ।
‘मालती मंगले’ र रामकृष्ण ढकालको लाइभ ब्यान्ड सांगीतिक प्रस्तुति हेर्न अस्ट्रेलियामा रहेका नेपालीहरूको बाक्लै उपस्थिति थियो । डिनरसहितको विशेष व्यवस्था गरिएको उक्त शोका लागि प्रतिव्यक्ति १०० अस्ट्रेलियन डलर टिकट दर राखिएको थियो । आयोजकले सुरूमा २०० जना दर्शकको अपेक्षा गरेको भएपनि कार्यक्रममा झन्डै ३०० जना उपस्थित भएको गायक ढकालले रातोपाटीलाई बताए । टिकटको अभावमा कतिपय दर्शक फर्किन समेत बाध्य भएका थिए ।
Read full story at source (ratopati.com)