इरानमा प्रदर्शनका बेला प्रहरी हत्याको अभियोग लागेका थप दुई जनालाई मृत्युदण्ड
nagariknews.nagariknetwork.com · Tue Jul 28 13:56:48 GMT 2026

इरानमा विरोध प्रदर्शनका समयमा प्रहरी अधिकारीको हत्या गरेको अभियोगमा दोषी ठहरिएका थप दुई जनालाई मृत्युदण्ड दिइएको छ। राज्य सञ्चालित सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उनीहरूलाई मृत्युदण्ड दिइएको हो।
देशको न्यायपालिकासँग सम्बद्ध मिजान अनलाइन डट आईआरको रिपोर्टले मृत्युदण्ड दिइएका ती दुई व्यक्तिको पहिचान अबोलफजल सेपाही बदजानी र अमिर हुसेन सफारी हुसेनाबादीको रूपमा गरेको छ। उनीहरूले राजधानी तेहरानबाट लगभग चार सय किलोमिटर दक्षिणमा पर्ने मध्य शहर इस्फहानमा रहेको एक प्रहरी चौकीमा आगजनी गर्नुका साथै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)