जुस खाँदा ग्राहक बिरामी परे, अनुगमन गर्दा पसललाई ५० हजार जरिवाना
ratopati.com · Tue Jul 28 14:18:42 GMT 2026

कास्की । जुस सेवनपछि सर्वसाधारण बिरामी परेपछि पोखरा महानगरपालिका–६ बैदामस्थित फ्रेस जुस पसललाई जिल्ला प्रशासन कार्यालय, कास्कीले रु ५० हजार जरिवाना गरेको छ ।
उक्त पसलमा जुस सेवनपछि चार जना बिरामी परेको गुनासोपछि प्रशासनले आज अनुगमन गरेको थियो । अनुगमनका क्रममा जुस पसलमा सरसफाइ नगरिएको, प्रयोग गर्न नमिल्ने स्याउ, केरालगायत फलफूल फेला परेको र व्यवसाय सञ्चालनसम्बन्धी कुनै पनि कागजात नभएको पाइएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
Read full story at source (ratopati.com)